निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजियो : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै उनले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताएका हुन् ।
मन्त्री पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्ने बताए । उनले विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन भनेर निराश हुने अवस्था नरहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक पहल गर्ने बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना साकार बनाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुने दाबी गरे ।
मन्त्री पाण्डेले सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पुर्याउनुपर्नेमा जोड दिए । उनले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन आउने सपना देख्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह