लुम्बिनी प्रदेश सभा बैठक पुस १६ गतेका लागि बोलाइयो
शुक्रबार, १२ पुस २०८१, २० : ५१

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक पुस १६ गते मंगलबारका लागि बोलाइएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै पुस १६ गते प्रदेश सभा बैठक बस्ने जनाएको हो ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूबाट लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन सम्वत् २०८१ साल पौष १६ गते मंगलबार दिनको २ः०० बजे बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
यसअघि लुम्बिनी मन्त्रिपरिषद्को बैठकले प्रदेश सभा बैठक आह्वानका लागि सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म