सरकार जनमुखी भएर चल्न सकेन : नेता खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सम्मानित नेता खनालले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरू आइरहेको बताए । उनले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने बताए । उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए ।
सम्मानित नेता खनालले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनैपनि नेतृत्वले समाजवादको कुराहरू नगरेको बताए । उनले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गरे ।
उनले भने, ‘हामीले देशमा शान्ति स्थापना गर्ने आधार बनाउनु पर्छ । जबसम्म आर्थिक समानता, राजनीतिक समानता यि कुरा स्थापना गर्न सकिँदैन, मान्छेले मान्छेलाई गर्ने शोषणलाई जबसम्म अन्त्य गर्न सकिँदैन, हाम्रो संविधानले भनेको हामी समाजवादतर्फ जानुपर्छ भनेर । हो के त्यो समाजवाद भनेको ।’
सम्मानित नेता खनालले २० वर्षसम्म पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएर कार्यान्वयन गर्न नसक्नु दुःखद भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प