दुर्गा प्रसाईंले ‘भ्वाइस टेष्ट’ गराउन मानेनन्

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तारेख’मा राखेको छ । उनी लाजिम्पाटस्थित ब्यूरोको कार्यालयमा हाजिर गर्न जान्छन् ।
आपराधिक लाभसम्बन्धी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्गा प्रसाईंलाई अनुसन्धान अधिकृतहरूले ‘भ्वाइस टेष्ट’को लागि स्याम्पल दिन आग्रह गरेका छन् । तर, प्रसाईंले स्वरको स्याम्पल दिन अस्वीकार गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृत भन्छन्, ‘उहाँले भ्वाईस टेष्ट गराउन अस्वीकार गर्नुभएको छ ।’
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिश्चन्द फुयलसँग प्रसाईंको ‘कनेक्सन’ देखिएको छ । प्रसाईंले फुयलसँग फोनमा कुरा गरेको भेटिएको छ । तर, पसाईंले आफूले उनलाई फोन गरेको अस्वीकार गर्दै भारतबाट फुयलले गरेको फोनमात्र रिसिभ गरेको जिकिर गरेका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार प्रसाईंले नै फुयललाई पटकपटक फोन गरेको भ्वाईस रेकर्ड फेला परेको छ । सो रेकर्डबारे जाँच गर्न प्रहरीले उनलाई स्वरको स्याम्पल दिन भनेका हुन् ।
फुयलले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।
बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधिशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेका थिए । त्यसपछि उनी थुनाबाहिर छन् ।
सो आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले रातोपाटीलाई बताए । उनले भने, ‘सर्वोच्चबाट पत्र आएको छैन, पत्र प्राप्त भएपछि पुनरावलोकनमा जान्छौँ ।’
यसअघि उनी साइबरसम्बन्धी कसुरमा ४० हजार धरौटी बुझाएर छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग