सिंहको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
शुक्रबार, १२ पुस २०८१, १९ : ३४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल शुक्रबार सामाजिक सञ्जालमाफर्त सिंहको निधन भएकोमा शोक व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनले हामी गहिरो दुःखी छौँ । डा. सिंह भारतका दूरदर्शी नेता हुनुहुन्थ्यो । म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
सिंहको ९२ वर्षको उमेरमा निधन गएराति निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?
-
बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव
-
प्रभु साहको प्रश्न : म्यानपावरहरूले १० हजार सेवा शुल्क लिनुपर्नेमा लाखौँ रकम असुलिरहँदा सरकार किन मौन ?