लुम्बिनी कपले महिला फुटबलको विकासमा सहयोग पुर्याउने खेलकुद मन्त्रीको विश्वास
![लुम्बिनी कपले महिला फुटबलको विकासमा सहयोग पुर्याउने खेलकुद मन्त्रीको विश्वास](https://npcdn.ratopati.com/media/news/lumbini-cup_cfbfi6KJOU.jpg)
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीको विकासका लागि लुम्बिनी कप महिला फुटबल प्रतियोगिता महत्वपूर्ण अवसर हुने बताएका छन् । शुक्रबार नेपालगन्ज रंगशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल सुरु हुनु देशकै लागि खुसीको कुरा भएको बताए ।
मन्त्री चौधरीले भने– ‘नेपालमा अहिले खेलकुदको माहोल बनेको छ । त्यसमध्ये पनि महिला खेलाडीहरुले उत्कृष्ट नतिजा निकालिरहनु भएको छ । लुम्बिनी कप महिला फुटबल आयोजना हुनु भनेको खुसीको कुरा हो ।’ प्रतियोगिता आयोजनाका लागि आवश्यक सहयोग गर्न युवा तथा खेलकुद मन्त्रालय तयार रहेको पनि उनले बताए ।
लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रतियोगितालाई ध्यानमा राखी नेपालगन्ज रंगशालाको मैदान व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरिएको जानकारी दिए ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ देखि २९ गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहने जानकारी आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?