जनकपुरमा बोल्ट्सको भव्य स्वागत
शुक्रबार, १२ पुस २०८१, १६ : ३७

जनकपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
मधेस प्रदेशको सबै आठ जिल्लामा चार दिने ट्रफी परेड गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको हो । जनकपुरका चोक–चोकमा स्थानीयहरूले जनकपुर बोल्ट्सलाई स्वागत गरेका थिए । ट्रफी परेड अन्तर्गत शनिबार महोत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ भने तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिने बताइएको छ ।
गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर