किन निलो रङको पगरी लगाउँथे मनमोहन सिंह ?

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । विश्वका विभिन्न नेताले उनको निधनमा शोध व्यक्त गरेका छन् ।
मनमोहन सिंह प्रायः निलो रङको पगरी (फेटा) मा देखिन्थे । निलो पगरी उनको पहिचानजस्तै बनेको थियो । दुई कार्यकाल प्रधानमन्त्री हुँदा उनी निलो रङकै पगरीमा सार्वजनिक कार्यक्रममा सहभागी हुन्थे ।
सन् २००६ मा मनमोहन सिंहले नै निलो पगरी लगाउनुको कारणबारे खुलासा गरेका थिए । त्यतिबेला उनलाई कानुनमा डाक्टरेट उपाधिबाट सम्मानित गर्दै एडिनबर्गका ड्युक तथा विश्वविद्यालयका चान्सलर प्रिन्स फिलिपले यसबारे चासो राखेका थिए ।
जवाफमा मनमोहन सिंहले निलो पगरीको सम्बन्ध क्याम्ब्रिज विश्वविद्यालयदेखि नै जोडिएको बताएका थिए । मनमोहन सिंहले क्याम्ब्रिज विश्वविद्यालयमै पढेका थिए ।
क्याम्पस पढ्दादेखि नै आफूले निलो पगरी लगाउन थालेको मनमोहन सिंहले बताएका थिए । आफूलाई हल्का निलो रङ मन पर्ने भएकाले त्यतिबेलादेखि निलो रङको पगरी लगाउन थालेको उनको भनाइ थियो ।
यही कारण क्याम्ब्रिजमा पढ्दा साथीहरूले आफ्नो उपनाम ‘ब्लु टर्बन’ राखेको पनि मनमोहन सिंहले बताएका थिए । पछि गएर निलो पगरी नै आफ्नो पहिचान बनेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति