दक्षिण कोरियामा कायवाहक राष्ट्रपतिमाथि पनि महाभियोग

सोल । दक्षिण कोरियाले कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लगाएको छ । राष्ट्रपति यून सुक येओलमाथि महाभियोग लगाइएको २ हप्तामै कार्यवाहक राष्ट्रपति हान डक–सूमाथि पनि महाभियोग लगाइएको हो ।
शुक्रबार भएको मतदानमा १९२ जना सांसदहरूले उनीमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । महाभियोग लगाउन १५१ मत चाहिएको थियो ।
डिसेम्बर ३ मा मार्शल ल लगाउने असफल प्रयासपछि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका थिए । अहिलेको राजनीतिक संकटको स्थितिबाट दक्षिण कोरियालाई हानले पार लगाउने ठानिएको थियो । हानले यूनको महाभियोग प्रक्रिया पूरा गर्न नमानेको र मार्शल ल नरोकेको भन्दै विपक्षी दलका सांसदहरूले उनीमाथि महाभियोग दर्ता गराए ।
शुक्रबार संसदमा यस प्रस्तावमा मतदान हुँदै गर्दा अराजककता देखिएको थियो । राष्ट्रिय सभाका सभामुख वू वन–शिकले महाभियोग प्रस्ताव पारित गर्न १५१ मत मात्रै चाहिने घोषणा गरेपछि यून र हानको सत्तारुढ दलका सांसदहरूले विरोध गरेका थिए । यूनविरुद्ध महाभियोग लगाउन २०० मत चाहिएको थियो । हानमाथि महाभियोग लगाउन सत्तारुढ दलको मत चाहिएन । विपक्षी दलकै सांसदहरूको मत पर्याप्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल