सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
शुक्रबार, १२ पुस २०८१, १४ : ५६

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेकी छन् । “मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु”, पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् । उनले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको समेत उल्लेख गरेकी छन् ।
“भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनु हुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा.सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ । स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु”, उनले भनेकी छन् । सिंहको ९२ वर्षको उमेरमा निधन गएराति निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?