ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको अनुरोध
शुक्रबार, १२ पुस २०८१, १४ : ३३

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । यसैबिच अमेरिकाका कयौँ कलेज र विश्वविद्यालयहरू भने भय र अनिश्चयको स्थितिमा छन् ।
ट्रम्पले राष्ट्रपतिको शपथ लिनु अघि नै अमेरिका फर्किन जाडो बिदामा घर फर्किएका विदेशी विद्यार्थीहरूलाई विश्वविद्यालयहरूले अनुरोध गरेका छन् । ट्रम्पले यात्रामा प्रतिबन्ध लगाएमा गृह देशमै अलपत्र पर्न सकिने चिन्ताबिच विश्वविद्यालयले यस्तो अनुरोध गरेका हुन् ।
अमेरिकामा ११ लाखभन्दा धेरै विदेशी विद्यार्थी पढिरहेका छन् । सत्तामा आएपछि ट्रम्पले अध्यागमन नीति थप कसिलो बनाउने कसम खाएका छन् । आफूले पहिलो कार्यकालमा मुस्लिम बहुल देशमाथि लगाएको यात्रा प्रतिबन्ध पनि ब्युँताउने उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक