इटालीमा रक्सी नभएको वाइन उत्पादनका लागि अनुमति

रोम । इटालीको सरकारले अल्कोहल निकै कम भएको वा हुँदै नभएको वाइनको उत्पादनलाई अनुमति दिएको छ । तर यसको लेबलमा भने ‘वाइन’ शब्दलाई राखिनेछ । सोमबार कृषि मन्त्रालयले उक्त अध्यादेश पारित गरेसँगै अल्कोहल–फ्री वाइनको उत्पादनलाई कानुनी मान्यता दिने दुई वर्ष देखिको प्रक्रिया अन्त्य भएको छ ।
यसअघि इटालीको नियममा वाइनको लेबलमा कम्तीमा साढे ८ प्रतिशत रक्सी हुनुपर्थ्यो । वाइन उत्पादन गरिरहेका अन्य शीर्ष देशहरूमा जस्तो इटालीको यो वाइन ‘वाइन अफ प्रोटेक्टेड डिनोमिनेशन अफ ओरिजिन’ (पीडीओ) मा पर्ने छैन । इटलीको बजारमा सन् २०२५ मा यो वाइन आउने आशा गरिएको छ ।
सरकारको यो कदमले तीव्र गतिमा बढिरहेको इटालीको वाइन उद्योग थप बढ्ने आशा गरिएको छ । इटलीले गएको वर्ष ४ करोड ३९ लाख हेक्टोलिटर परम्परागत वाइन उत्पादन गरेको थियो । आगामी दशकसम्ममा विश्वमा अल्कोहल निकै कम भएको वा हुँदै नभएको वाइनको बजार १० प्रतिशतभन्दा धेरै बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक