भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनबारे भट्टराई लेख्छन्– नेपालले एक असल मित्र गुमायो

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा दुःख व्यक्त गरेका छन् ।
शुक्रबार समाजिक सञ्जाल फेसबुकमार्फत सिंहको निधनप्रति भट्टराईले दुःख व्यक्त गरेका हुन् । सिंहको निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको उल्लेख गरेका छन् ।
सन् २०११ मा प्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमणको क्रममा सिंहसँग गम्भीर वार्तापछि बिप्पा सम्झौता, इपिजी सहमति र दोहोरो कर सम्बन्धी डिटा सम्झौता भएको स्मरण गर्दै भट्टराईले नेपाल–भारत सम्बन्ध महत्त्वपूर्ण कोशेढुंगा रहने उल्लेख गरेका छन् । सिंहसँगको भेटवार्ताबाट निजी सम्बन्धले पनि द्विदेशीय सम्बन्धमा कस्तो असर पार्दो रहेछ भन्ने नजिकबाट अनुभूति भएको उनले स्मरण गरेका छन् ।
‘भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको दुःखद निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ। निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु । पछिल्लो पटक केही वर्ष पहिले दिल्लीमा भेट हुँदा हामी दुवै सत्ता बाहिर थियौँ। अन्तरङ्ग कुराकानी भयो। निजी सम्बन्धले पनि द्विदेशीय सम्बन्धमा कस्तो असर पार्दो रहेछ भन्ने नजिकबाट अनुभूति भयो’, भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा