गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छ : कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।
नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधारस्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्याउन आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले आम नागरिकको घर खेतसम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरू थप बढी संवेदनशील हुन जरुरी रहेको बताए । ‘उन्नत जातका बीउको प्रयोगले हाम्रो उत्पादकत्व बढाउन मात्र होइन,’ उनले भने, ‘किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ ।’
उनले कार्यक्रममा उचित समयमा उपलब्ध हुने गुणस्तरीय बीउ बिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरुपमा स्थापित रहेको उल्लेख गरे । मन्त्री अधिकारीले बीउ विजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने समेत बताए ।
मन्त्री अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरू निजी क्षेत्र मैत्री रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् रवि लामिछानेको बयान लिने कान्छा न्यायाधीश राई ?
-
अजरबैजान एयरको प्लेन रुसले खसालेको आरोप
-
पुस महिनामा दुई हप्ता नपुग्दै पश्चिम नेपालमा ७ भूकम्प
-
अमेरिकी डलरको भाउ लगातार उकालो, रियाल, दिराम र रिङ्गेट पनि महँगो
-
प्रिमियर लिग : आर्सनल दोस्रो स्थानमा उक्लियो, ब्राइटन र ब्रेन्टफोर्डले अंक बाँडे
-
पढ्नलाई छेकेन उमेरले, ४४ वर्षीय परियार भानुभक्तमा ब्याचलर भर्ना