रुसले माल्डोभामाथि हमला गर्न लागेको हो ?
मस्को । रुस र युक्रेनबिच युद्ध सुरु भएको तीन वर्ष पुग्न लागेको छ । युद्ध यति धेरै लम्बिँदा रुस कमजोर होला भन्ने अपेक्षा कयौँ पश्चिमी देशहरूले गरेका छन् । तर यस्ता अनुमानलाई गलत साबित गर्दै रुसले युक्रेनमाथि लगातार ड्रोन ब्यालिष्टिक मिसाइलदेखि क्रुज मिसाइलसम्म आक्रमण गरिरहेको छ ।
युक्रेनको ठुलो हिस्सा कब्जा गर्न सफल पनि भएको छ । यसैबिच माल्डोभामाथि आक्रमण गर्न लागेको आरोप रुसमाथि लागेको छ ।
माल्डोभा विरुद्ध रुसको आरोप के हो?
माल्डोभाका राष्ट्रपति माइया सैन्डुले युक्रेनको सीमा नजिकैको ट्रान्सनिस्ट्रियामा सैन्य कारबाही गर्ने योजना बनाएको आरोप रुसी गुप्तचर एजेन्सीहरूले लगाएका छन् । मोल्डोभाको यो अभियान युद्धमा परिणत हुन सक्ने अनुमान पनि यी एजेन्सीहरूले गरेका छन् । सैन्डुले यही मंगलबार दोस्रो पटक माल्डोभाको राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।
यसपछि रुसको विदेश मन्त्रालयले बुधबार अमेरिकाको नेतृत्वमा नेटोले माल्डोभालाई युक्रेनको हतियारको अड्डामा परिणत गरिरहेको आरोप लगायो । यसका लागि पछिल्ला केही महिनामा नेटोका सदस्य देशहरूले माल्डोभालाई ठुलो परिमाणमा हतियार पठाएको भनिएको छ । यी हतियार युक्रेनमा मात्रै पठाइएको मस्कोले ठानेको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताइन् ।
रुसका यी आरोपलाई पश्चिमी देशहरूमा पुटिन सरकारले युक्रेनलाई जस्तै अर्को सानो छिमेकी राष्ट्र माल्डोभाविरुद्ध कारबाही गर्ने बहाना भनिरहेका छन् । युक्रेन र रुसको विरुद्धमा सहयोग गर्ने देशहरूलाई मस्कोले शत्रुको रूपमा व्यवहार गर्नेछ भनेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कयौँ पटक भनेका थिए ।
मोल्दोभाबाट रुसले कस्तो छ खतरा ?
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि माल्डोभाका राष्ट्रपति सैन्डुले रुसको अर्को निशानामा माल्डोभा पर्न सक्ने चिन्ता व्यक्त गरेका थिइन् । माल्डोभाको यस चिन्तालाई विचार गर्न पनि उनले पश्चिमी देशका नेताहरूलाई अपिल पनि गरेकी थिइन् । माल्डोभाले २०२२ को जुनमा युरोपेली सङ्घ (ईयू)मा सामेल हुनका लागि उम्मेदवारी दिएको थियो । ईयूले आधिकारिक रूपमा माल्डोभालाई सङ्घको हिस्सा बनाउने निर्णय भने गरेको छैन ।
यस्तोमा रुसको वास्तविक उद्देश्य माल्डोभालाई ईयूको हिस्सा बन्नबाट रोक्नु हुन सक्ने विश्वास गरिएको छ । यसका लागि रुसले जानाजानी मोल्डोभामाथि ट्रान्सनिस्ट्रियामा सैन्य अभियानको योजना बनाएको आरोप लगाइरहेको छ अनि उसको दाउ ट्रान्सनिस्ट्रिया भएर मोल्डोभामाथि आक्रमण गर्नु भएको पनि विशेषणहरू आइरहेका छन् । माल्डोभा सन् १९९० मा सोभियत सङ्घ टुक्रिएर युक्रेनको पश्चिममा बनेको सानो देश हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पढ्नलाई छेकेन उमेरले, ४४ वर्षीय परियार भानुभक्तमा ब्याचलर भर्ना
-
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा थपियो पाँचतारे होटल
-
मध्यराति कालिकोटमा भूकम्पको धक्का
-
विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
-
१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो