योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु
शुक्रबार, १२ पुस २०८१, १२ : ०३
सिड्नी । अस्ट्रेलियामा वार्षिक रूपमा सिड्नीदेखि होर्बटसम्म आयोजना हुने योट दौडमा दुई जनाको मृत्यु भएको छ । प्रहरीले बताएअनुसार छुट्टा छुट्टै दुई दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
मृतकहरू क्रु मेम्बर भएको बताइएको छ । पहिलो दुर्घटना फ्लाइङ फिश अक्रनोस् र दोस्रो बोलाइनमा घटेको भनिएको छ ।
यस दौडको पहिलो योट शुक्रबार अबेर वा शनिबार बिहान होबार्ट आइपुग्ने अपेक्षा गरिएको छ । खराब मौसमका कारण दौडमा भाग लिएका कयौँ योट फर्किएका छन् ।
पहिलो घटना बिहीबार मध्यराति भएको र अर्को त्यसको दुई घन्टापछि भएको बताइएको छ । यस्तो खालको दौडमा मृत्युको घटना यो पहिलो भने होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : आर्सनल दोस्रो स्थानमा उक्लियो, ब्राइटन र ब्रेन्टफोर्डले अंक बाँडे
-
पढ्नलाई छेकेन उमेरले, ४४ वर्षीय परियार भानुभक्तमा ब्याचलर भर्ना
-
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा थपियो पाँचतारे होटल
-
मध्यराति कालिकोटमा भूकम्पको धक्का
-
विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
-
१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म