भेरी-बबई बहुउद्देश्यीय आयोजनाको ढिलो गर्ने छुट छैन : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्ष सँग छलफल गरेका छन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा आज छलफल गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराएका छन्। उनले आयोजनाको काम सुस्ताएको उल्लेख्य गर्दै आयोजनाको कामलाई गति दिन निर्देशन दिए ।
उनले भने– ‘यस्तो महत्त्वपूर्ण आयोजना ढिलाइ गर्न मिल्दैन, सक्दो छिटो गर्नुपर्छ ।’ उनले आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षित हुने गरी गर्नुपर्ने बताउँदै नदी कटान र विपद् जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध समेत गरे।
आयोजना कार्यालयसँग छलफल गर्नुअघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका–१ चेपाङ बर्दियाका स्थानीयसँग भेट गरेका थिए । अबको २ वर्षभित्र भेरी नदिको पानी बबई नदिमा झारेर सिँचाई, विद्युत् उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए ।
बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तर्गत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रो मेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । हाइड्रो मेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रसारण लाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
१२ महिना सिँचाई र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०६८–६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
सिँचाई विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन(टीबीएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध