अजरबैजान एयरलाइन्स दुर्घटनापछि सुरु भएको अफवाहबारे रुसले दियो यस्तो चेतावनी

मस्को । कजाकस्तानमा ३८ जनाको ज्यान जाने गरी भएको विमान घटनामा रुसले नचाहिँदा अफवाह नफैलाउन चेतावनी दिएको छ । केही उड्डयन विज्ञहरूले अजरबैजान एयरलाइन्सको उक्त विमानमाथि रुसको चेचन्या गणतन्त्रको आकाशमा हवाई रक्षा प्रणालीको आक्रमणमा परेको हुन सक्ने बताएका थिए ।
अजरबैजानमा सरकार समर्थक सञ्चार माध्यमले पनि सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै विमान दुर्घटनामा रुसी मिसाइल जिम्मेवार हुन सक्ने बताएको थियो । विमान बाकुबाट रुसको चेचन्याका लागि उडेको थियो । कजाकस्तानको अक्ताउ सहर नजिक विमान दुर्घटनामा पर्नुअघि विमान गन्तव्य भड्किएर क्यास्पियन सागरतिर गएको बताइएको छ । ६७ जना सवार उक्त विमानमा २९ जना बाँच्न सफल भएका थिए । दुर्घटनाको शोकमा बिहीबार अजबैजानमा एक दिन शोक मनाइएको छ ।
अनुसन्धानको निष्कर्ष आउनु अगावै अड्कलबाजी र अनुमान चलाउनु गलत हुने रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कोभले भनेका छन् । आफूहरूले पनि यस्तो नगर्ने र अरूले पनि गर्न नहुने उनको भनाइ थियो । अनुसन्धान पूरा नहुँदासम्म कुर्नु पर्नेमा उनले जोड दिएका ।
काजकस्तानका प्रमुख अभियोजकले अनुसन्धानको कुनै निष्कर्ष नआएको बताएका छन् । अजरबैजानी सञ्चार माध्यमका केही कमेन्टेटरहरूले भने विमानलाई आफूले खसालेको रुसदे स्वीकार गर्छ भन्ने अपेक्षा अजरबैजानले गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने