शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी

शुक्रबार, १२ पुस २०८१, ०९ : २७
शुक्रबार, १२ पुस २०८१

काठमाडौँ । बोर्डर–गावस्कर शृङ्खला अन्तर्गतको चौथो टेस्टको पहिलो पालीमा घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्ध चार सय ७४ रन बनाएको छ । मेलबर्नमा जारी चौथो टेस्टको दोस्रो दिन शुक्रबार अस्ट्रेलियन ब्याट्सम्यान स्टिभन स्मिथले आफ्नो शतक पनि पुरा गरे ।

टोलीका लागि स्मिथले एक सय ४० रनको योगदान गरे । अस्ट्रेलियाका लागि साम कोन्सट्सले ६०, उस्मान ख्वाजाले ५७, मार्नस लाबुशेनले ७२, कप्तान प्याट कमिन्सले ४९ र एलेक्स केरीले ३१ रनको योगदान गरे ।

भारतीय टोलीका बलर जसप्रित बुमराहले चार विकेट लिए । रवीन्द्र जडेजाले पनि तीन विकेट हात पारे । आकाश दीपले दुई र वासिङ्टन सुन्दरले एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको भारतले केवल आठ रनको कुल स्कोरमै एक विकेट गुमाइसकेको छ । कप्तान रोहित शर्मा तीन रन बनाउँदै पेभेलियन फर्किएका हुन् । 

दोस्रो दिन भारतीय खेलाडीहरु पाखुरामा कालो पट्टी बाँधेरमा मैदानमा ओर्लिएका छन् । खासमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति शोक ब्यक्त गर्दै भारतीय खेलाडी हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका हुन् । मनमोहन सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप