लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
शुक्रबार, १२ पुस २०८१, ०४ : ४६

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थ क्लबहरुको इज्जत जोगाएको छ । बिहीबार राती भएका खेलमा शीर्षस्थ अन्य टेलीहरु हार्दा लिभरपुल फराकिलो अन्तरले जितेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हरायो । लिभरपुललाई जिताउन कोडी गाकपो, कर्टिस जोन्स र मोहम्मद सालाहले एक-एक गोल गरे । लिभरपुलका लागि भने जोर्डन आयुले एक गोल गरे ।
यो सँगै लिभरपुलको अग्रता थप बलियो भएको छ । १७ खेलबाट लिभरपुलको ४२ अंक भएको छ भने १८ खेल खेलिसकेको चेल्सीको ३५ अंक छ । लिभरपुलले चेल्सीसँग ७ अंकको दुरी कायम गरेको छ । बिहीबार राती भएको खेलमा चेल्सी भने पराजित हुन पुगेको छ । उसलाई फुलहमले २-१ गोल अन्तरले हराएको हो ।