शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
अलविदा

मनमोहन सिंह : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता

शुक्रबार, १२ पुस २०८१, ०१ : १७
शुक्रबार, १२ पुस २०८१

काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राती निधन भएको छ । उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा निधन भएको हो ।  सिंह लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका थिए । अर्थमन्त्री हुँदा भारतमा आर्थिक सुधारमा आमूल परिवर्तनको श्रेय सिंहलाई नै जान्छ ।

भारतीय अर्थ (वित्त)मन्त्री हुँदा होस् वा सन् २००४ देखि २०१४ सम्मको प्रधानमन्त्री कार्यकाल, आर्थिक सुधारसहितका महत्वपूर्ण कामहरुको श्रेय उनलाई जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  उनी जवाहरलाल नेहररुपछि लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री चुनिने पहिलो भारतीय थिए । उनले १९८४ मा सिख दंगाका लागि भारतीय संसदसामु माफी मागेका थिए । सन् १९८४ मा भएको सिख दंगामा कम्तिमाा पनि तीन हजार जना मारिएका थिए । 

प्रधानमन्त्रीको रुपमा उनको दोस्रो कार्यकाल चर्चित रहयो । दोस्रो कार्यकालमा भ्रष्टाचारका कयौँ मामिला बाहिर आए । ति घोटालाका कारण सन् २०१४ को आम चुनावमा कांग्रेसलाई निकै ठूलो धक्का लागेको थियो । 

जन्म र पढाई 
मनमोहन सिंहको जन्म, २६ सेप्टेम्बर, १९३२ मा भारतको पन्जावमा भएको हो । उनी जन्मिएको प्रान्तीय भूभाग अहिले पाकिस्तानमा पर्दछ । पन्जाव युनिभर्सिटीबाट पढाई सकेपछि उनले क्याम्ब्रिजबाट मास्टर्स गरेका थिए भने, अक्सफोर्डबाट डी’फिल गरेका थिए । 

उनकी छोरी दमलले आफ्नो किताबमा क्याम्ब्रिजको पढाइका दौरान मनमोहनले कयौँ आर्थिक अभावसँग जुध्नु परेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘उनको ट्युशन र बस्न खानको खर्च लगभग ६०० पाउण्ड थियो । पन्जाव युनिभर्सिटीको स्कलरसिपबाट उनलाई करिब १६० पाउण्ड मात्रै प्राप्त भएको थियो । बाँकी रकमका लागि उनी पिताको भर पर्नु परेको थियो । यद्यपि, मनमोहन सादगी जीवन व्यतित गर्थे ।’

अर्थमा मनोमोहन 
मनमोहन सिंह १९९१ म भारतको अर्थमन्त्री हुँदा देशको आर्थिक अवस्था खराब थियो । उनको अप्रत्यासित आगमनले आर्थिक सुधारलाई उचाई दियो । उनले शिक्षाविज्ञ तथा एक सेवकका रुपमा मात्रै काम गरेनन् सरकारको आर्थिक सल्लाहकार समेत बनेर योगदान गरेका थिए । उनी भारतीय रिजर्व बैंकको गभर्नर समेत बनेका थिए । 

वित्त मन्त्री हुँदा उनले ट्याक्समा कटौती गरे भने सरकारी कम्पनीहरुलाई निजीकराण गर्दै वैदेशिक लगानी भित्र्याए । जसले अर्थतन्त्रमा सुधार आउनुका साथै उद्योगको तीब्र विकास तथा महँगी निन्त्रणमा सफलता मिल्यो । र, १९९० को दशकमा उच्च आर्थिक वृद्धिदर हासिल भएको रकेर्ड छ । उनलाई आर्थिक उदारीकरणका नायक भनेर चिनाउने गरिएको छ । 
यथार्थवादी विदेश नीति 

विदेश नीतिमा मनमोहनले व्यवहारिक पक्षलाई जोड दिए । उनले पाकिस्तानसँग शान्ति स्थापनाको काम जारी राखे । यद्यपि, त्यसमा कयौँ अवरोधहरु आए । पाकिस्तानी चरमपंथीमाथि गम्भीर आरोप लगाएको परिणाम २००८ मा मुम्बई बम आक्रमण निम्तियो । उनले चीनसँग सीमा विवाद समाधान भगीरथ प्रयत्न गरे । र, ४० वर्षअघिदेखि बन्द नाथू ला दर्रा पुनः सञ्चालनका लागि सम्झौता गरे । 

मनमोहनले अफगानिस्तानका लागि वित्तीय सहायता बढाए भने लगभग ३० वर्षमा अफगान भ्रमण गर्ने पहिलो भारतीय नेता बने । उनले इरानसँगको सम्बन्ध तोड्ने संकेत गरेर कयौँ विपक्षी नेताहरुलाई दुःखी समेत गराएका थिए । 

मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?  
काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनबारे एम्स अस्पतालले एक आधिकारिक नोट जारी गरेको छ । उसले दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल ल्याएको दुई घण्टा नपुग्दै निधन भएको हो । 

उनलाई स्थानीय समय अनुसार राती ८ बजेर ६ मिनेटमा अस्पताल ल्याइएकामा ९ बजेर ५१ मिनेटमा मृत घोषित गरिएको थियो । ९२ वर्षीय सिंह बिहीबार घरमै अचानक बेहोस भएपछि एम्सको इमरजेन्सीमा भर्ना गरिएकामा कयौँ कोशिश गर्दा पनि केही सिप नलागेको अस्पतालको आधिकारिक नोटमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप