मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
शुक्रबार, १२ पुस २०८१, ०० : २४

काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनबारे अखिल भारतीय आयुर्विज्ञान संस्थान 'एम्स'ले एक आधिकारिक नोट जारी गरेको छ । उसले दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल ल्याएको दुई घण्टा नपुग्दै निधन भएको हो ।
‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनलाई स्थानीय समय अनुसार राती ८ बजेर ६ मिनेटमा अस्पताल ल्याइएकामा ९ बजेर ५१ मिनेटमा मृत घोषित गरिएको थियो ।
९२ वर्षीय सिंह बिहीबार घरमै अचानक बेहोस भएपछि एम्सको इमरजेन्सीमा भर्ना गरिएकामा कयौँ कोशिश गर्दा पनि केही सिप नलागेको अस्पतालको आधिकारिक नोटमा उल्लेख छ । सिंहले राज्यसभामा ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा राज्यसभाबाट अवकाश लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन