मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनले सिंगो भारत शोकमा डुबेको बताएका छन् । बिहीबार राति पूर्वप्रधानमन्त्री सिंहको निधन भएलगत्तै सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भारत आफ्नो सबैभन्दा प्रतिष्ठित नेता सिंहको निधनमा शोकमा डुबेको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले लेखेका छन् : भारत आफ्नो सबैभन्दा प्रतिष्ठित नेता डा. मनमोहन सिंहको निधनमा शोकमा छ ।’ मोदीले सिंह सामान्य पृष्ठभूमिबाट उठेर प्रख्यात अर्थशास्त्री बनेको स्मरण गर्दै उनले अघि सारेको आर्थिक नीतिले भारतमा गहिरो छाप छाडेको बताएका छन् । त्यस्तै संसदमा पनि सिंहको योगदान निकै महत्वपूर्ण रहेको मोदीले भनेका छन् ।
प्रधानमन्त्री हुँदा सिंहले जनताको जीवनस्तमा सुधार ल्याउन व्यापक प्रयास गरेको समेत मोदीले स्मरण गरेका छन् । प्रधानमन्त्री हुनुअघि सिंह अर्थमन्त्री थिए । उनले अघि सारेको आर्थिक नीतिको प्रशंसा हुने गरेको छ ।
उनले दोश्रो पोष्टमा आफु गुजरात राज्यको मुख्यमन्त्री र सिंह प्रधानमन्त्री हुँदाको सम्बन्धबारे स्मरण गरेका छन् । मोदीले लेखेका छन् : ‘जब डा. मनमोहन सिंहजी प्रधानमन्त्री थिए र म गुजरातको मुख्यमन्त्री थिएँ, हामी दिनहुँ कुरा गर्थ्यौं। सुशासनका विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं । उहाँको बुद्धिमत्ता र नम्रता सधैं देखिने थियो। ओम शान्ति ।’
पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?