भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
![भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन](https://npcdn.ratopati.com/media/news/manamohan-singh_9lwizjici4_LSdRKdY7Xf.webp)
नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । बिहीबार राति ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो ।
बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।
अचानक बेहोस भएर बिहीबार राति ८ बजेर ६ मिनेट जाँदा इमरजेन्सीमा भर्ना गरिएका सिंहको ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । तमामा कोशिसका बाबजुद सिंहलाई बचाउन नसकिएको समेत अस्पतालले जनाएको छ ।
पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो । साथै पुस २७ गते गरिने भनिएको सबै कार्यक्रमहरु रद्द गरिएको छ । कांग्रेस आईका नेता राहुल गान्धी र सो पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन् ।
अहिले कांग्रेस आई नेतृ सोनिया गान्त्री, प्रियंका गान्धी लगायत एम्स अस्पताल पुगेका छन् । अन्य नेता कार्यकर्ताहरुको पनि भीड बढिरहेको छ ।
सिंहको जन्म १९३२ सेप्टेम्बर २६ मा भारतको पञ्जाबमा (अहिले पाकिस्तान) भएको थियो । त्यसबेला भारत र पाकिस्तान छुट्टिएका थिएनन् । सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए । त्यसअघि उनी अर्थमन्त्री समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति