भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
बिहीबार, ११ पुस २०८१, २२ : ३०

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको हो । सिंहको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।
पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको छ । साथै पुस २७ गते गरिने भनिएको सबै कार्यक्रमहरु रद्द गरिएको छ । सिंहको स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस आईका नेता राहुल गान्धी र सो पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन् ।
अहिले कांग्रेस नेतृ प्रियंका गान्धी सिंहको स्वास्थ्य अवस्था बुझ्न एम्स अस्पताल पुगेकी छन् । कांग्रेस आई नेतृ सोनिया गान्धी पनि अस्पताल पुग्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन