प्रदेश लिग फुटबल : दोलखा र सिन्धुली विजयी
मकवानपुर । हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा दोलखा र सिन्धुली विजयी भएका छन् । हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गतको बिहीबार सम्पन्न २ खेलमा दोलखाले नुवाकोटलाई र सिन्धुलीले नुवाकोटलाई पराजित गरेको हो ।
बिहीबारको पहिलो खेलमा दोलखाको टाइगर टिमले नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । दोलखाका लागि सुजन माझीले टिमलाई अग्रता दिलाएका थिए । माझीले खेलको पहिलो हाफको ३५ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । नुवाकोटका लागि खेलको दोस्रो हाफको २२ मिनेटमा किशोर पण्डितले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए ।
दोलखाको जितमा संग्राम श्रेष्ठले अर्को गोल थप्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए । श्रेष्ठले दोस्रो हाफको ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका थिए । सो पश्चात नुवाकोट खेलमा फर्कन सकेन र पराजित भयो । खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी घोषित भएका थिए । उनले ३ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा सिन्धुलीको ब्लु अलपलाईन क्लबले भक्तपुरको थिमी युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिन्धुलीको जीतमा सञ्जिव धामी, समिर धामी र रवी महतराले गोल गरेका थिए । खेलको पहिलो हाफको २३ मिनेटमा सञ्जिवले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने पहिलो हाफको ४१ मिनेटमा समिरले टिमको अग्रता दोब्बर बनाएका थिए । सिन्धुलीका रवी महतराले खेलको ६७ मिनेटमा थप एक गोल गरे । उनको गोलसँगै भक्तपुर ३–० को गोलअन्तरमा रहन पुगेको थियो । खेलको म्यान अफ द म्याच सिन्धुलीका रवि महतरा घोषित भए । उनले ३ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि (शुक्रबार) पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ । दुवै टिम पहिलो पटक मैदान उत्रिँदैछन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो खेलमा काभ्रेको माउण्ट एभरेष्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे हुनेछ । काभ्रे प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेल खेल्दैछ भने चितवन पहिलो खेलका लागि मैदान प्रवेश गर्दैछ । काभ्रेले यसअघि काठमाडौंसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा काठमाडौँले ३–० गो अन्तरले काभ्रेलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण
-
लुम्बिनीका मुख्यमन्त्रीद्वारा बुलबुले तालको अवलोकन, तस्बिरहरु
-
नेपालीमा शान्ति चाहने मनमोहन सिंह संविधान सभाबाट संविधान बनाउन नेताहरूलाई दिन्थे दबाब
-
डीन कार्यालयको निर्देशन अटेर, पाटन क्याम्पसमा मेरिट मिचेर आफ्ना मान्छे भर्ना
-
हात्ती सुन्दरी प्रतियोगितामा बिजुलीकली प्रथम, तस्बिरहरु
-
विशेष अदालतमा न्यायाधीश फेरियो, थारुको सरुवा