मलेसियालाई तीन विधामा उपाधि
काठमाडौँ । काठमाडौँमा भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ । मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगल तर्फको उपाधि उचालेको हो ।
पुरुष युगल तर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बो को जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएका हुन् । यस्तै महिला युगल तर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाईल्याण्डका कोडचापोर्न चाईचाना र पन्नवी पोलियमको जोडीलाई २१–१३, २१–१४ र मिस्क युगल तर्फ लाउ यी शेङ्ग र याप रु चेनको जोडीले थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईचानाको जोडीलाई २१–१८, २१–११ को अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जको पुरुष एकल तर्फ भारतका मेरादबा लुवाङ्ग मैसनामले भारतकै बी.एम. राहुल भारद्वाजको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधि उचाले ।
महिला एकल तर्फ थाईल्याण्डकी ललिनरात चाईवानले उपाधि जितिन् । चाईवानले भारतकी इरा शर्मालाई २२–२०, २१–१२ ले पराजित गर्दै उपाधि जितेकी हुन् ।
प्रत्येक विधाका विजयी खेलाडीले नगद १२ सय डलर, ७२० डलर र ३ सय डलर प्राप्त गरे ।
विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा विश्वका ५ महादेशका नेपाल सहित २२ देशका १७४ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
जुनियर सिरिज भोलीबाट
नेपाल ब्याडमिन्टन संघकै आयोजनामा योनेक्स सनराईज नेपाल जुनियर अन्तराष्ट्रिय सेरिज २०२४ भोली शुक्रबारबाट हुने भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने तीन दिने सिरिजमा जसमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेसिया, थाइल्यान्ड, ईरान, युनाईटेड अरब ईमिरेट्सका खेलाडीहरूको सहभागिता रहने छ ।
सिरिजमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा ९९ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाली ८ महिला र ८ पुरुष खेलाडीको सहभागिता रहनेछ । पुरुष एकलमा ३२ जना, महिला एकलमा २१ जना, मिक्स युगलमा १७ जोडी, पुरुष युगलमा १८ जोडी र महिला युगलमा १२ जोडीले प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ : योगेश भट्टराई
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र