अर्सना र ममतालाई स्वर्ण
बिहीबार, ११ पुस २०८१, १९ : ३०
_7GJuVxjyJV.jpg)
काठमाडौँ । वडा १७ की अर्सना महर्जन र वडा ५ की ममतासिंह राजभण्डारीले छैटौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । अर्सना यु–१२ गर्ल्स सिंगल्स तथा ममता भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा पहिलो भए ।
ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गःछेंःमा भइरहेको प्रतियोगिताको यु–१२ गर्ल्स सिंगल्स फाइनलमा अर्सनाले वडा १६ की काभ्या शाक्यलाई १५–१३, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरिन् । वडा १९ की मेरिशा श्रेष्ठ र वडा ८ की सुहाना महर्जन तेस्रो भए ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्सको फाइनलमा ममताले वडा ११ की शर्मिला शाक्यलाई सीधा सेटमा ११–४, ११–८ र ११–४ ले हराइन् । वडा १६ की राधा डंगोल र वडा ९ की विजेता बज्राचार्य तेस्रो स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि