अर्थ समितिमा राप्रपा सांसद शाहीको फरक मत
बिहीबार, ११ पुस २०८१, २२ : १५
_OzbYC6cHgm.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा अर्थ समिति सदस्य ज्ञानबहादुर शाहीले समितिमा फरक मत राखेका छन् । बिहीबार समितिको बैठकमा सभापति सन्तोष चालिसेले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको घोषणा गरेका थिए ।
तर सांसद शाहीले उक्त ऐनमा रहेको सामान्य त्रुटि शब्द हटाउनुपर्ने सांसदहरूले माग गर्दागर्दै सभापतिले हुबहु समितिबाट पास गरेकाले प्रजातन्त्र विरुद्धको कदम रहेको बताएका छन् । ‘सामान्य त्रुटि’ भन्ने शब्द विधेयकमा राख्दा सत्ता र शक्ति भएकाहरूलाई फाइदा हुने तर गरिब दुःखी जनतालाई अन्याय हुने उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण