चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
काठमाडौँ । हाम्रो मुखमा कहिलेकाहीँ स–साना घाउहरू आउँछन् । यसलाई माउथ अल्सर भनिन्छ । यी अल्सरहरू गिजा, ओठ, जिब्रो, गाला र तालुमा पनि आउँछन् । यो निकै पीडादायी हुन्छ ।
मुखमा अल्सर भयो भने खान–पिउन गाह्रो हुन्छ । मुखमा अल्सर हुनुका धेरै कारणहरू छन् र धेरैजसो अवस्थामा यी अल्सरहरू एकदेखि दुई हप्तामा आफैँ निको हुन्छन् । तर, कहिलेकाहीँ यो शरीरमा लुकेका रोगहरूको कारणले छालाहरू देखा पर्छन् । यो चाँहि उपचार गरेपछि मात्र निको हुन्छन् । चुम्बन गर्दा मुखमा अल्सर सर्छ कि सर्दैन होला भन्ने जिज्ञासा प्रायः मान्छेको मनमा हुन्छ ।
क्लिभल्याण्ड क्लिनिकको रिपोर्ट अनुसार, मुखको अल्सर सामान्यतया संक्रामक हुँदैन र चुम्बनमार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । मुखमा धेरै प्रकारका अल्सरहरू हुन्छन् । यसमध्ये सबैभन्दा साधारण चाँहि ‘क्यान्कर सोर्स’ हुन् । यस्ता घाउ पीडादायक हुन्छन् । तर चुम्बन गर्दा यो अर्को व्यक्तिमा सर्दैन । तर, मुखमा घाउ छ वा मुखको अन्य कुनै संक्रमण छ भने चाहिँ यो चुम्बनबाट अर्को व्यक्तिमा सर्न सक्छ । हर्पिस भाइरसले गर्दा हुने मुखको अल्सर चाँहि संक्रामक हुन्छ । यो भाइरस चुम्बन गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यस्तो अवस्थामा चाँहि सावधानी अपनाउनुपर्छ ।
अब कुरा गरौँ मुखमा किन हुन्छ यस्ता घाउ ? मुखमा अल्सर हुनुको सबैभन्दा ठुलो कारण उचित आहार नखानु भएको विज्ञहरू बताउँछन् । भिटामिन बी १२, आइरन, फोलिक एसिड र जिंकको कमीले मुखमा अल्सर हुन्छ । यी पोषक तत्त्वहरूको कमीले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ, मुखको संक्रमण गराउँछ र सुन्निन पनि सक्छ । मानसिक तनाव र चिन्ता पनि मुखको अल्सर गराउने सामान्य कारण हुन सक्छन् । हर्माेनल परिवर्तनले पनि मुखमा अल्सर गराउन सक्छ । महिनावारी, गर्भावस्था वा मेनोपजको समयमा पनि महिलामा यो समस्या आउन सक्छ ।
कहिले काहीँ चोटपटक वा काट्दा पनि मुखमा घाउ हुन सक्छ । सिट्रस फलफूल, मसलादार खानेकुरा वा धेरै तातो खानेकुरा जस्ता केही खानेकुराले पनि मुखमा अल्सरको जोखिम बढाउन सक्छ । मुखको अल्सरबाट बच्न स्वस्थ जीवनशैली अपनाउनु पर्छ, सन्तुलित आहार खानु पर्छ अनि तनावबाट बच्न पनि उत्तिकै आवश्यक छ । मुखमा अल्सर हुनु सामान्य कुरा हो । तर कसैलाई बारम्बार मुखमा अल्सरको समस्या देखा पर्छ भने चाँहि चिकित्सकको सल्लाह लिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा