सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
![सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा](https://npcdn.ratopati.com/media/news/arzu-rana_J1Lf3FHgrO.jpg)
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताएकी छन् । बिहीबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले नागरिकका मुद्दाहरूमा काम गरिरहेको बताएकी हुन् ।
मन्त्री राणाले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरूबाट खुसी भएको उल्लेख गरिन् । उनले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गरिन् ।
मन्त्री राणाले देशमा आएका संकटहरुको समाधानका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताइन् । उनले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताइन् । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताइन् ।
मन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताइन् । उनले देशको आवश्यकता हेरेर एक्सनमा जानुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी