राजधानीमा बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या प्रकरण : आरोपी नातेदार

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङ मृत फेला परिन् । पुस ३ मा धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ डेरामा मृत भेटिएकी थिइन् । उनी चन्द्रागिरि नगरपालिका–११ सतुंगल स्थित विष्णुदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् ।
दाजु नाता पर्ने धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङ उनको डेरामा गइरहन्थे । विश्वासले बलात्कारपछि हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
आरोपी काठमाडौँ–१४ स्थित खड्कागाउँमा बस्थे । उनकी पत्नी कुवेतमा छिन् । काठमाडौँमा बसेर ज्याला मजदुरी गर्ने विश्वास यौनप्रति ‘लिप्त’ रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
मंसिर २८ मा साँझ ६ बजेतिर विश्वास सरिताको डेरामा पुगे । सरिता एक्लै थिइन् । उनले भनिन्, ‘दाइ मलाई इन्टरनेटको पर्सनल हटस्पट सेयर गरिदिनुस् न ।’
आफ्नो मोबाइल डेटा मार्फत विश्वासले हटस्पट सेयर गरे । अनि, पोर्न फिल्म देखाएर बलात्कार गरे । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘पोर्न फिल्म देखाएर उसले किशोरीलाई बलात्कार गरेको स्विकारेका छन् ।
अत्यधिक यौन चाहना भएका विश्वास धेरैजसो पोर्न साइड हेर्थे । हत्याबारे अनुसन्धानमा संलग्न प्रहरी वृत्त थानकोटका एक जना अधिकृत भन्छन्, ‘सरिता एक्लै भेटेपछि उनले बलात्कार गरे अनि, घटना बाहिरिने डरले हत्या गरेको देखिन्छ ।’
किशोरीले प्रतिकार गर्दा विश्वासको घाँटीमा चिथोरिएको दाग देखिएको छ । किशोरीले ‘मान्छेले थाहा पाउँछन्’ भनेपछि उनले औषधी किनिदिन्छु भनेर आश्वस्त पान खोजेका थिए । तर पनि घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ ।
हत्यापछि ताला लगाएर जुत्तामुनि साँचो राखेर उनी हिँडेको अनुसन्धानका क्रममा खुलेको छ । किशोरीको शव उनले खाटमुनि लुकाएका थिए ।
प्रहरीका अनुसार दुई दिनपछि किशोरीका दाजु कोठामा आएका थिए भने बहिनी नदेखेपछि प्रहरीमा निवेदन दिएका थिए । पछि कोठाभित्र गन्ध आएपछि हेर्दा सरिता मृत अवस्थामा फेला परेकी थिइन् ।
हत्यापछि विश्वासले किशोरीको फोन बोकेर गएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले शव भेटिएको करिब दुई घण्टापछि आरोपीलाई पक्राउ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने