इसेवा र मोबाइल बैंकिङमा समस्या
बिहीबार, ११ पुस २०८१, १७ : ५०

काठमाडौँ । इसेवा र मोबाइल बैंकिङमा समस्या आएको छ । भुक्तानी सेवा सञ्चालक कम्पनी एफवान सफ्टको अन्तर्गत सञ्चालनमा रहेका विभिन्न मोबाइल बैंकिङमा समस्या देखिएको हो । यही कारण करिब आधा घण्टा भुक्तानी सेवा अवरुद्ध भएको थियो ।
इसेवाका निशान अधिकारीले प्राविधिक कारणले करिब २० मिनेट भुक्तानीमा समस्या देखिएको जानकारी दिए । ‘इसेवामा २० मिनेटजति समस्या आयो, इसेवा मात्रै नभएर मोबाइल बैंकिङमै समस्या भएको छ । के समस्या भएको भनेर प्राविधिक रुपमा हेरिँदैछ ।’
इसेवामा गत बिहीबार पनि समस्या देखिएको थियो । भुक्तानी नहुने, ब्यालेन्स नदेखाउने लगायतका समस्या देखिएकोमा त्यतिबेला इसेवाले सूचना जारी गरेरै क्षमायाचना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित