समितिमा विचाराधीन विधेयकको विषयमा सत्तारूढ दलहरूले छलफल गर्ने
बिहीबार, ११ पुस २०८१, १७ : ४४
काठमाडौँ । संसदीय समितिहरूमा विचाराधीन विधेयकहरूको विषयमा सत्तारूढ दलहरूले आ–आफ्नो दलमा छलफल गर्ने भएका छन् ।
कांग्रेस सहमहामन्त्री जीवन परियारको अध्यक्षतामा आज बसेको सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलको बैठकले विचाराधीन विधेयकहरूको विषयमा दलहरूले छलफल आन्तरिक छलफल गर्ने निर्णय गरेको हो ।
‘१७ गतेभित्र आआफ्नो दलमा छलफल गर्ने निचोडमा हामी पुगेका छौँ‚’ सहमहामन्त्री परियारले भने ।
दलहरूले समितिमा विधेयकको अवस्था‚ छलफल पश्चात् भएका प्रगति लगायत विषयमा छलफल गर्ने र १८ गते बस्ने संयन्त्रको बैठकमा छलफल गर्ने सहमति बनेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
शुक्रबार र शनिबार कहाँ-कहाँ हुन्छ वर्षा ?