इजरायली आक्रमणमा मारिए पाँच पत्रकार
गाजा । इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा पाँच जना पत्रकारहरूको मृत्यु भएको छ । एउटा प्यालेष्टिनी टिभी च्यानलले आक्रमणमा आफ्ना पाँच पत्रकार मारिएको बताएको छ ।
आक्रमणको समयमा पत्रकारहरू मध्य नुसिरतको शरणार्थी क्याम्प क्षेत्रमा रहेको अल अव्दा अस्पताल बाहिर पार्क गरिएको कुद्स टुडेको भ्यानमा थिए ।
यिनै पाँच मध्ये एक पत्रकारको गर्भवती पत्नीलाई डेलिभरीका लागि उक्त अस्पतालमा लगिएको थियो । च्यानलले पछाडिको ढोकामा प्रेस लेखिएको सवारी साधन जलिरहेको भिडियो पोस्ट गरेको छ ।
आफूहरूले लक्षित ठाउँमा गुप्तचर जानकारीका आधारमा आक्रमण गरेको र सो सवारी साधनमा सशस्त्र समूह प्यालेष्टिनी इस्लामिक जिहाद (पीआईजे)का सदस्यहरू रहेको इजरायली हवाई बलले भनेको छ ।
सर्वसाधारणको मृत्युलाई कम गर्न आफूहरूले उपायहरू अपनाएको पनि सेनाले बताएको छ । कुद्स टुडे पीआईजे समूह सम्बन्ध सञ्चार माध्यम हो । बुधबार गाजा सहरमा इजरायलले गरेको आक्रमणमा अरू पाँच जनाको मृत्यु भएको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न