काजकिस्तानमा विमान दुर्घटना भएको हो कि खसालिएको हो ?
काजकिस्तानमा बुधवार अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो । यस दुर्घटनामा ३८ जनाको मृत्यु भयो भने अरू २९ जना बाँच्न सफल भए ।
बाकुबाट रुसको चेचन्यास्थित ग्रोन्जी विमानस्थलतर्फ अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान गइरहेको थियो । चरासँग ठोक्किएकोले विमान दुर्घटना भएको दाबी गरिएको छ । चरा ठोक्किएर विमानको अक्सिजन ट्याङ्की फुटेको दाबी छ । विमानमा ६७ जना सवारमध्ये ३७ जना अजरबैजानका र १६ जना रुसका नागरिक थिए ।
विमान साँच्चै दुर्घटना भएको हो ? वा विमान खसालियो? रुससँग बदला लिन शत्रुले विमान खसाल्ने षड्यन्त्र गरेका हुन् कि ? काजकिस्तानमा दुर्घटनाग्रस्त विमानको बाहिरी हिस्सामा छर्रा लागेको जस्तो दाग देखिएकोले यस्ता प्रश्न उठिरहेका छन् । युक्रेनी ड्रोन ठानेर रुसले नै विमान खसालेको हुन सक्ने हल्ला पनि चलिरहेका छन्।
विज्ञहरूका अनुसार काजकिस्तानमा दुर्घटनाग्रस्त भएको विमान बाहिरी कारणले गर्दा दुर्घटनामा परेको थियो । विमान दुर्घटना हुनै लाग्दा पाइलटहरूले रुसी वायुसेनालाई सम्पर्क गरेका थिए । रुसी एयर डिफेन्सले युक्रेनी ड्रोन आक्रमणको जवाफ दिँदै गर्दा पाइलटहरूले सङ्कटकालीन कल गरेका थिए । त्यसो भए के रसियालाई व्यस्त बनाएर अजरबैजान एयरलाइन्सको विमानलाई निशाना बनाइएको हो ? यस्तै योजना हो भने दुस्मन सफल भएका छन् । तर, यसको कतैबाट पुष्टि भएको छैन ।
किन उठिरहेका छन् प्रश्न ?
अजरबैजान एयरलाइन्सको विमानलाई गोली हानेर खसालेको हो भनेर प्रश्न सोध्दा काजकिस्तानका उप–प्रधानमन्त्रीले भने, ‘म समयभन्दा अगाडि कुनै वक्तव्य दिन चाहन्न ।’
रोयटर्समा छापिएको समाचारका अनुसार अजरबैजान एयरलाइन्सको उडान जे२–८२४३ आफ्नो गन्तव्य मार्गबाट सयौँ माइल टाढा क्यास्पियन सागरको विपरीत किनारामा दुर्घटनाग्रस्त भयो । रुसको उड्डयन नियामकले यो आपत्कालीन अवस्था चरासँग ठक्करका कारण भएको भनेको छ ।
विमानभित्र सवार यात्रीहरूले नै आफ्नो मोबाइलबाट यस दुर्घटनाका भिडियोहरू बनाएका छन् । अनलाइनमा देखिएको भिडियोमा विमान तीव्र गतिमा जमिनमा खसेको र आगो लागेको देख्न सकिन्छ । अर्को भिडियोमा विमानको पछाडिको हिस्सा पंखाबाट अलग भएर बाँकी हिस्सा घाँसमा उल्टो अवस्थामा देखिएको छ ।
अन्य भिडियोहरूमा, विमानको बाहिरी हिस्सा यसरी क्षतिग्रस्त देखिएको छ कि यो क्षति हेर्दा कसैले आक्रमण गरेको जस्तो देखिन्छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभ सेन्ट पिटर्सबर्गको भ्रमणमा भएको समयमा विमान दुघर्टना भएको छ । दुर्घटनाको खबर सुनेलगत्तै उनी अजरबैजान फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता