भारत फर्किए सोनु निगम
_MlsAsGvZ37.jpg)
काठमाडौँ । बलिउड गायक सोनु निगम भारत फर्किएका छन् । बिहिबार मध्यान्न त्रिभुवन विमानस्थल हुँदै उनी भारत उडेका हुन् ।
त्यसअघि उनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका थिए ।
क्रिसमसको अवसर पारेर होटल हायतमा आयोजना भएको ‘सोनु निगम लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रममा लागि बुधबार मध्यान्न उनी काठमाडौँ आएका थिए । साँझको ७ बजेर ३ मिनेटमा स्टेज चढेका सोनुले नेपाली फिल्म ‘भीष्म प्रतिज्ञा’मा समावेश ‘उकाली ओराली गर्दै’ गीतबाट आफ्नो सांगीतिक प्रस्तुति अगाडि बढाएका थिए ।
करिब ३ घण्टा काठमाडौंलाई झुमाएका उनले प्रस्तुतिका क्रममा ‘सुरज हुवा मधम’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’, ‘कल होना हो’, ‘अभि मुझ्मे कही’, ‘पापा मेरी जान’लगायत गीत गाएका थिए ।
‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रम नेपाल टचले आयोजना गरेको थियो । कार्यक्रममा दश हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको बताइन्छ ।
कार्यक्रममा निगमले नेपाल र नेपालीले दिएको स्नेहले खुसी बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय