वैदेशिक राेजगार स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग

काठमाडौँ । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक राेजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग गरेको छ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग गरेको हो।
संघका अध्यक्ष तारानाथ अर्यालले केही व्यवसायीले मलेसियामा सिन्डिकेट लादेको बताउँदै त्यो अन्त्य गर्नुपर्ने माग गरे। हाल श्रम मन्त्रालय अन्तरगत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। ती मध्ये ३६ वटा संस्थाले मलेसियामा सिन्डिकेट लगाइरहेको अध्यक्ष अर्यालले बताए।
त्यस्तै १९ वटा स्वास्थ्य संस्थाले गाम्का संस्थाको नाममा काठमाडौँ केन्द्रित भएर केन्द्रीकृत प्रणालीमा श्रमिकको पहुँच भन्दा दूर दराजमा राज्यको नीति विपरीत सञ्चालित सिन्डिकेटधारी संस्था तत्काल बन्द गर्नुपर्ने माग गरे।
संघका महासचिव कृष्ण प्रसाद बजगाईँले मलेसियाको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक पटक माग गर्दा समेत बेवास्ता गरेको बताए।
त्यस्तै देशैपिच्छे स्वास्थ्य क्षेत्रमा सिन्डिकेट देखिएको बताउँदै त्यो अन्त्य गर्नुपर्ने महासचिव बजगाईँले बताए। मलेसियामा मरिसकेको सिन्डिकेट यो वा त्यो बहानामा जन्मिनु नहुने उनको भनाइ छ ।
दुई अर्ब बढी लगानी रहेको, दुई हजार भन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको क्षेत्र सिन्डिकेटको नाममा तहसनहस बनाउन खोजिएको महासचिव बजगाईँले बताए।
गुणस्तरीय सेवाको सुनिश्चितता लागि प्रणालीमा सुधार गर्नुपर्ने उनेका भनाई छ। वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष परिमार्जित गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा एकरूपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गरी सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरी एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रूपमा स्वास्थ्य संस्थाहरूमा लागु गर्नुपर्ने संघले माग गरेको छ ।
यसैगरी सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत संघले माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बल्ल पर्यो पानी, किसानलाई राहत
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
समुद्रमा नेपाली झन्डासहित पानीजहाज चलाउने बाटो खुल्दै
-
केपी ओली कप फुटबल : मछिन्द्रको ह्याट्रिक, त्रिभुवन आर्मी क्लब पराजित
-
समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा सुधार गर्नुपर्छ : खिलराज रेग्मी