ओलीको निर्णयको विरोध गर्न एमाले पंक्तिलाई रावलको सुझाव

काठमाडौँ । नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने पार्टी अध्यक्ष केपी ओलीको निर्णयको विरोध गर्न भीम रावलले एमालेका कार्यकर्ताको साथ खोजेका छन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा सोही पार्टीका कार्यकर्ताको समर्थन खोजेका हुन् ।
‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समार्फत भनेका छन् ।
पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई रावलले ओलीको निरकुंश, स्वेच्छाचारी र तानाशाही भनेका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट हटाउनुका साथै बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड
-
‘छक्का पन्जा ५’ अब ओटीटीमा
-
अमेरिकामा व्यापार युद्धको इतिहास
-
नयाँ वर्षको पहिलो दिन ‘पिताम्बर’को उत्साहजनक व्यवसाय