दैलेखमा जीप दुर्घटना हुँदा ८ जना घाइते
बिहीबार, ११ पुस २०८१, १५ : ४९

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार बिहीबार दिउँसो सदरमुकामदेखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१च०५३५ नम्बर को जिप नारायण नगरपालिका–८ स्थित सिमाडा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८ जना घाइते भएको उनले बताए । गाडी सडकभन्दा तल खसेको छ । घाइतेहरुलाई दैलेख अस्पताल लगिएको उनले बताए । साथै घाइतेहरुको अवस्था मध्यम रहेको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम