यस्तो छ जनकपुर बोल्ट्सको चार दिने ट्रफी परेडको रुट
बिहीबार, ११ पुस २०८१, १५ : ५०
१

काठमाडौँ । नेपाल प्रिमियर लिग –एनपीएल) को पहिलो सिजनको च्याम्पियन टोली जनकपुर बोल्ट्सले मधेस प्रदेशमा ट्रफी परेड गर्ने भएको छ । शुक्रबारदेखि सुरु हुने ट्रफी परेड चार दिनसम्म जारी रहनेछ ।
टोलीले दिएको जानकारी अनुसार शुक्रबार धनुषाबाट परेड सुरु हुनेछ । दोस्रो दिन शनिबार महोत्तरीको जलेश्वर हुँदै सर्लाही र रौतहट पुग्नेछ । आइतबार बारा र पर्साको वीरगन्ज पुग्ने टोलीको तयारी छ । सोमबार तथा अन्तिम दिन सिरहा हुँदै सप्तरीको राजविराजमा परेड समापन हुनेछ ।
गत पुस ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा मोरङ र झापाको सजिलो जित
-
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
-
युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट सुरु गर्न अदालतको अनुमति
-
हत्या आरोपीसँग निकट सम्बन्ध देखिएपछि मन्त्रीको राजीनामा
-
अध्यादेश स्वीकृत गर्न संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप
-
जब करणले इमरानलाई टपलेस फोटोसुट गराए