ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बिहीबार, ११ पुस २०८१, १५ : ४६

काठमाडौँ । ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मंसिर दोस्रो साता पक्राउ परेका प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बुढाथोकीलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा उनले घुस लिएको पुष्टि भएकाले कैद र बिगो बमोजिमको जरिवाना सजाय माग दाबी लिएर मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?
-
अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
-
तीनकुने घटनाको निसानामा परेका मिडियाको पक्षमा निर्णय लिन सरकारलाई सातदिने अल्टिमेटम
-
घट्यो सिमेन्टको मूल्य