जनार्दन शर्मा भन्छन्– कम्युनिस्ट सरकार नै भ्रष्टाचारबाट माथि नउठ्दा जनताले प्रश्न उठाए

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्तामा जान कम्युनिस्ट पार्टी एकपछि अर्को गठबन्धन र कुर्सीको दौडमा लागेको आरोप लगाएका छन् । १३२ औँ माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको कार्यक्रममा उनले अब पुनर्गठनसहित माथि उठ्न आवश्यक भएको बताए ।
‘भ्रष्टाचारको दलदलबाट कम्युनिस्ट पार्टीका प्रधानमन्त्री नै माथि उठ्न नसक्दा जनताले प्रश्न गरेका छन् । अब कम्युनिस्ट आन्दोलनको पुनर्गठनसँगै वैचारिक राजनीतिक पुनर्गठन गर्न आवश्यक छ’, उनले भने ।
कार्यक्रममा उनले नेपालका कम्युनिस्ट आन्दोलनले माओबाट दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध कसरी लाग्नुपर्छ भन्नेबारे सिक्न जरुरी बताए ।
अहिले नेपालको राजनीतिक अवस्था न हास न बकुल्लाको चाल जस्तो भएको भन्दै सत्ताको झिनाझम्टिमा मात्र लागिरहने हो ? भनेर प्रश्न गरे । साथै जनजीविकाका सवाललाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु