५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
बिहीबार, ११ पुस २०८१, १५ : ३४
काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा करिब ५ अर्ब बराबरको गलैँचा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँको २ लाख ४६ हजार ४०४ वर्ग मिटर गलैँचा निर्यात भएको हो ।
गत वर्षको यसै अवधिमा साढे ४ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो । सबैभन्दा बढी अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको गलैँचा निर्यात भएको छ । चीनमा ६१ करोड ६ लाख, जर्मनमा ३० करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।
यस्तै भारतमा २५ करोड, बेलायतमा २२ करोड इटालीमा २२ करोड, फ्रान्समा १४ करोड, अस्ट्रेलियामा १३ करोड र बेल्जियममा १२ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।
दुबई, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रिया, ब्राजिल, लाट्भिया, मालदिभ्स्लगायत ५० भन्दा बढी मुलुकमा गलैँचा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात