शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

‘बक्सिङ डे’ टेस्टमा जिम्बाबेका म्याच रेफ्री एन्डी पाइक्रफ्टको नाममा बनेको यो कीर्तिमान !

बिहीबार, ११ पुस २०८१, १५ : २१
बिहीबार, ११ पुस २०८१

काठमाडौँ । मेलबर्न क्रिकेट ग्राउन्डमा जारी अस्ट्रेलिया र भारतबिचको ‘बक्सिङ डे’ टेस्टमा जिम्बाबेका पूर्वकप्तान एन्डी पाइक्रफ्टले एउटा गतिलो कीर्तिमान बनाएका छन् । उनी एक सयवटा पुरुष टेस्ट क्रिकेटमा म्याच रेफ्रीको भूमिका निर्वाह गर्ने विश्वकै चौथो ब्यक्ति बनेका छन् । 

एन्डी पाइक्रफ्ट जिम्बाबेका पूर्वकप्तान हुन् । उनले सन् १९८३ देखि सन् १९९२ को बिचमा जिम्बाबेका लागि तीन टेस्टमा कुल एक सय ५२ रन र २० एकदिवसीय अन्तर्राष्ट्रिय कुल दुई सय २० रन बनाएका थिए । पाइक्रफ्टका अतिरिक्त रञ्जन मदुगले, जेफ क्रो र क्रिस ब्रान्डले मात्र एक सयभन्दा बढी पुरुष टेस्ट क्रिकेटमा म्याच रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।

मदुगलेले दुई सय २५, जेफ क्रोले एक सय २५ र क्रिस ब्रान्डले एक सय २३ टेस्टमा म्याच रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।  ‘आईसीसीको एलिट प्यानल अफ म्याच रेफ्रीमा सहभागी हुनु र विश्वभर घुमेर विभिन्न भाष–संस्कृतिलाई अपनाउँदै काम गर्न पाउनु मेरा लागि निकै ठुलो उपलब्धि हो,’ म्याच रेफ्री पाइक्रफ्टले भनेका छन् । 

पाइक्रफ्टले जिम्बाबेका लागि सन् १९८३, सन् १९८७ र सन् १९९२ को आईसीसी एकदिवसीय विश्वकप पनि खेलेका थिए । उनले सन् २००९ यता दुई सय ३८ पुरुष एकदिवसीय तथा एक सय ७४ पुरुष र महिला टी–२० अन्तर्राष्ट्रियमा पनि म्याच रेफ्रीको भूमिका निर्वाच गरिसकेका छन् ।

‘म पाइक्रफ्टलाई बधाइ दिन चाहन्छु । उहाँले पुरुष टेस्ट क्रिकेटमा शतक पुरा गर्नु भएको छ । यो ठुलो उपलब्धि हो,’ आईसीसीका वरिष्ठ प्रबनधक सिन ईजीले भनेका छन् । म्याच रेफ्री बन्नुअघि उनले प्रशासनिक कर्मचारी, व्यवस्थापक र प्रशिक्षकको भूमिकामा रहेर पनि काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप