आसपासका महिलासँग आकर्षित हुन सक्छु : बोनी कपुर
नयाँ दिल्ली । बलिउड निर्देशक बोनी कपुर आफ्नो पारिवारिक सम्बन्धबारे खुलेर बोल्छन् । आफ्नो निजी जीवनमा आइरहेका उतारचढावबारे कुरा गर्न पनि उनी कहिले हिचकिचाउँदैनन् ।
हालै निर्माताले आफ्नी दिवंगत पत्नी र दिग्गज अभिनेत्री श्रीदेवीप्रति आफ्नो अटुट मायाबारे कुरा गरेका थिए । आसपास भएका अन्य महिलाप्रति आफू आकर्षित हुन सक्छु तर आफ्नो माया र लगाव सधैँ दिवंगत पत्नी श्रीदेवीको लागि हुने उनले बताएका थिए ।
सम्झिए श्रीदेवीलाई
हालै दिएको एउटा अन्तरवार्तामा बोनी कपुरले पत्नी श्रीदेवीसँगको आफ्नो यात्राबारे पनि कुराकानी गरेका थिए । सबैभन्दा व्यस्त, धेरैले माया गरेको र राम्रो देखिने पहिलो महिला सुपरस्टारले आफूलाई पतिको रूपमा रोज्नु नै आफ्नो लागि सबैभन्दा ठुलो खुसीको कुरा भएको बोनीले बताएका थिए । आफूहरूबिचको बन्धनलाई अतुलनीय रहेको र श्रीदेवी आफ्नो लागि सबैथोक भएको पनि उनले भने ।
‘अन्तिम साससम्म माया गर्नेछु’
आफ्नो जीवनको अन्तिम दिनसम्म श्रीदेवीलाई माया गर्ने बोनीले बताएका छन् । श्रीदेवीले आफूलाई कहिल्यै धोका नदिएको पनि उनले बताए । सन् २०१८ को फेब्रुअरी श्रीदेवीको मृत्यु भएको थियो । मृत्युपछि पनि पत्नी आफ्नो हृदयमा स्थायी ठाउँमा भएको उनले बताए । यस क्रममा उनले मानवीय भावनाहरूको वास्तविकतामाथि पनि चर्चा गरेका थिए ।
‘आज पनि मेरो महिला साथी हुनसक्छु । म मेरा आसपास भएका महिलाहरूप्रति आकर्षित हुनसक्छु । तर जहाँसम्म उसको कुरा छ उनीप्रतिको पागलपन र प्रेम कहिल्यै समाप्त हुने छैन,’ बोनी कपूरले भनेका छन् । बिहेपछि बिस्तारै सम्बन्ध विकसित हुने र समय बिताउँदै जाँदा जोडीले एकअर्कालाई चिन्ने अनि आफ्नो पार्टनरलाई मन नपर्ने काम नगर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने
-
शिक्षाको गुणस्तर वृद्धि गरेमात्र समाज रूपान्तरण गर्न सकिन्छ : मन्त्री तिमिल्सिना
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयन सम्झौताको संशोधनमा हस्ताक्षर
-
मधेसी मोर्चाको साझा मुद्दा र आचारसंहिता तयार गर्न कार्यदल गठन
-
कुम्भबाट फर्किएको भक्तजनको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु, १३ घाइते
-
अधिकारका बारेमा प्रदेशले संघसँग गुनासो गरिरहेका छन् : प्रदेश प्रमुख देवकोटा