‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका कमजोरी सच्याउँदै अघि बढ्ने दिशामा छु’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताएका छन् । बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका सरकारले बनाएको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको मन्त्री पाण्डेको स्वीकारोक्ति छ । उनले हवाई यातायात सहज बनाउनका लागि सरकारले बनाएको कार्ययोजनाको समीक्षा गर्दै मन्त्रालय अन्तसम्बन्धित निकायहरूलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने बताए । उनले देशभरको हवाई यातायात सञ्चालनको लागि भएका कमी कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘विमानस्थल सञ्चालनका सन्दर्भमा थुप्रै चुनौतीका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्ययोजना बनायो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्ययोजनाअनुसार कामहरु भएका छन् भने कतिपय निकायहरूबाट भएको देखिँदैन । हुन बाँकी छन् । अब हामीले कार्यायोजना कार्यान्वयनको समीक्षा गर्दै सबै मन्त्रालय अन्तरसम्बन्धित निकायहरूलाई कार्ययोजनालाई अक्षरशः पालना गर्न र त्यहाँको हवाई यातायात सञ्चालनको लागि भएका कमी,कमजोरीहरूलाई सच्याउने दिशामा हामी अगाडि बढ्छौँ ।’
मन्त्री पाण्डेले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरूको सामना गर्नुपर्ने भइरहेको उल्लेख गर्दै उनले यस्तो प्रबन्ध गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । उनले निजी क्षेत्रले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर सञ्चालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताए । उनले निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूलाई मर्जर गर्दै लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म