युवा खेलाडी विपिनलाई स्वस्तिमाले दिइन् स्मार्टफोन उपहार

काठमाडौँ । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विपिनप्रसाद शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले स्मार्टफोन उपहार दिएकी छन् । एनपीएलमा राम्रो खेल प्रदर्शन गरेको भन्दै स्वस्तिमाले विपिनलाई फोन उपहार दिएकी हुन् ।
विपिनले कर्णाली याक्सबाट प्रतियोगिता खेलेका थिए भने स्वस्तिमा क्लबको ब्रान्ड एम्बसेडर रहेकी थिइन् । ‘यो फोन तिम्रो मेहनत र लगनका लागि सानो सराहनाको प्रतीक हो । आशा छ यसले तिमीलाई मैदानभित्र र बाहिर राम्रो कलहरू आओस् र अझै ठुला मौकाहरूसँग जोडेर राखोस्,’ स्वस्तिमाले विपिनलाई फोनसँगै दिएको सन्देशमा उल्लेख छ ।
१६ वर्षीय खेलाडीले प्रतियोगितामा ८ खेल खेल्दै कूल १३ विकेट लिन सफल भएका थिए । उनी प्रतियोगितामा सबैभन्दा धेरै विकेट खेलाडीहरूको सूचीमा पाँचौँ स्थानमा रहन सफल भएका थिए । दायाँ हाते लेफ्ट आर्म अर्थोडक्स बलरले जनकपुर बोल्ट्सविरुद्धको खेलमा मात्र १७ रन खर्चेर ३ विकेट लिएका थिए ।
उनी प्रतियोगिताको इमर्जिङ प्लेयर पनि घोषित भएका थिए । उनले ५० हजार रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन
-
रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'