स्वास्थ्य र आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनीत
बिहीबार, ११ पुस २०८१, १३ : ४०

काठमाडौँ । नेपाली कांग्रेसले स्वास्थ्य विभाग र आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन गरेको छ । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
स्वास्थ्य विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव रहेका छन् । मनोनयन भएका सदस्यहरूमा डा. लक्ष्मीराज पाठक, कैलाली, डा.मुक्तिराम श्रेष्ठ, अर्घाखाँची, डा. अनिलकुमार झा, सप्तरी, डा. सुमन कर्माचार्य, रामेछाप, डा. सुशीलनाथ प्याकुरेल, ललितपुर, श्यामचन्द्र यादव, धनुषा, ईश्वर कार्की, झापा, श्री विष्णुप्रसाद भट्टराई, स्याङ्जा, पूजा फुयाँल, सोलुखुम्बु र वुधिसरा सुनुवार, सुर्खेत रहेका छन् ।
आर्थिक नीति तथा योजना विभागको प्रमुखमा केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल छन् । मनोनयन भएका सदस्यहरूमा प्रा. विनय कुसियत, धनुषा, प्रा.डा. रश्मी राजभण्डारी, काठमाडौँ, डा. सुदन ओली, रोल्पा, डा. ईशा घर्ती, लम्जुङ, डा. रेवतबहादुर कार्की, ओखलढुंगा, डा. प्रताप छत्कुली, धादिङ, डा. राजेन्द्र वीर चन्द, कैलाली, अमरबहादुर रोकाय, सुर्खेत, राजकुमार त्रिपाठी(आर.के.), धादिङ र होमप्रसाद घिमिरे, ललितपुर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ?
-
चैत शुक्लपक्ष सुरु भएसँगै मिथिला पर्वमय
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड तथा रियाल, दिराम र दिनारको मूल्य ?
-
ला लिगामा रियाल मड्रिडले बार्सिलोनामाथि बढायो दबाब, अंक बराबरी
-
पर्यटकीय गन्तव्य बन्दै कुवेरधाम
-
बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई थप अग्रता