किन ‘डम्ब फोन’ खोज्दैछन् मान्छेहरू ?
काठमाडौँ । यो स्मार्टफोनको जमाना हो । तर पनि केही मानिसहरू किन डम्बफोन अर्थात् फिचर फोनतिर फर्किरहेका छन् ? डिजिटल संसारबाट भाग्ने चाहना मात्रै हो कि यसका अन्य कारणहरू छन् ? विगत केही वर्षयता स्मार्टफोनको प्रयोग व्यापक बढेको छ । तर यति हुँदाहुँदै पनि फिचर फोनको लोकप्रियता पनि बढेको छ । यसको माग बढ्नुको कारण के होला ?
डिजिटल डिटक्सको बढ्दो प्रवृत्ति
हिजोआज सामाजिक सञ्जाल र स्मार्टफोनको अत्याधिक प्रयोगले मानिसहरूले मानसिक थकान र तनावको सामना गरिरहेका छन् । यस्तो अवस्थामा डिजिटल डिटक्सको आवश्यकता बढेको छ । डम्बफोन फोन उठाउन र सन्देश पठाउनका लागि मात्र हुन् । यसमा न त केही एपहरू हुन्छन् न सामाजिक सञ्जाल नै चल्छन् । डिजिटल संसारबाट आफूलाई आराम दिन र वास्तविक जीवनमा ध्यान केन्द्रित गर्र्न यी फोन उत्कृष्ट माध्यम बनेका छन् ।
सरलताप्रति आकर्षण
कुनै समय डम्बफोनहरू फोन गर्न र एसएमएस पठाउन मात्रै भनेर डिजाइन गरिएको थियो । आजकलका स्मार्टफोनमा अनगिन्ती सुविधाहरू, एप्स र मल्टिमिडिया आदि छन् । यस्तोमा केही मानिसहरूले सरलतालाई प्राथमिकता दिइरहेका छन् । फिचर फोनहरूमा गुगल, इन्स्टाग्राम वा फेसबुक जस्ता समस्याहरू छैनन् । महत्त्वपूर्ण कामहरू गर्दा पनि मानिसहरू स्मार्टफोन चलाउन छाड्छन् । यसका लागि डम्बफोन आदर्श विकल्प बनेका छन् ।
गोपनीयतासम्बन्धी चिन्ता
स्मार्टफोनमा सुरक्षासम्बन्धी कमजोरी र डेटा चोरी हुने खतरा हुन्छन् । यस्तोमा मानिसहरू आफ्नो गोपनीयताबारे चिन्तित पनि भइरहन्छन् । डम्बफोनले सामान्यतया स्मार्टफोनको तुलनामा कम सुरक्षा जोखिमहरू निम्त्याउँछ । यसमा स्मार्टफोनमा जस्तो कुनै जटिल अपरेटिङ सिस्टम हुन्न् । जसले गर्दा यसमा भएका डेटा ह्याक गर्न गाह्रो हुन्छ । गोपनीयताबारे सचेत व्यक्तिहरूले डम्बफोनलाई सुरक्षित विकल्पको रूपमा हेरिरहेका छन् ।
टिकाउ
डम्बफोनको अर्काे विशेषता यहीँ हो कि यिनीहरू स्मार्टफोन भन्दा धेरै टिकाउ हुन्छन् । यी फोनहरूको डिजाइन यसरी गरिएको छ कि खस्दा वा बाहिरी दबाब पर्दा पनि सहन सक्छन् । यसबाहेक, यिनीहरूको ब्याट्री लाइफ पनि धेरै लामो हुन्छ । स्मार्टफोनको तुलनामा, एउटा डम्बफोनमा एक पटक पूरा चार्ज गरेपछि कम्तिमा चार–पाँच दिनको ब्याट्री ब्याकअप हुन्छ ।
सस्तो मूल्य
डम्बफोनको सबैभन्दा राम्रो विशेषता भनेको सस्तो मूल्य हो । स्मार्टफोनको मूल्य हजारौंमा हुन्छ । तर फिचर फोनहरू एक दुई हजारमै आउँछन् । तपाईं फोन गर्न अनि उठाउन र एसएमएसको लागि मात्र फोन राख्न चाहनुहुन्छ भने डम्बफोन तपाईंको लागि उपयुक्त हुनसक्छ । यसको मूल्य धेरै कम हुन्छ, र बजेट अनुसार तिनीहरू बढी किफायती पनि हुन्छन् ।
सबैको लागि काम लाग्ला त डम्बफोन ?
डम्बफोन चलाउनुका अनगिन्ती फाइदाहरू छन् । तर यी फोन सबैका लागि उपयुक्त नहुन पनि सक्छन् । तपाईं सामाजिक सञ्जाल धेरै नै चलाउनुहुन्छ वा तपाईंलाई स्मार्टफोनका एड्भान्स सुविधाहरू चाहिन्छ भने चाँहि डम्बफोन तपाईंका लागि होइनन् । तर तपाईं फोन गर्न र म्यासेज पठाउनका लागि मात्रै एउटा साधारण फोन चाहानुहुन्छ भने तपाईं पनि डम्बफोन किन्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन